एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर थोमस मुलरलाई कोरोना भाईरसको संक्रमण भएको छ ।
बायर्नले बिहीबार मुलरलाई कोरोना संक्रमण भएको जनाएको छ ।
फिफा क्लब विश्वकपका लागि कतारको दोहा पुगेका मुलरलाई कोरोना संक्रमण देखिएको हो ।
बायर्नले अन्य खेलाडीमा भने कोरोना संक्रमण नदेखिएको बताएको छ ।
कोरोना संक्रमण देखिएपछि मुलर सेल्फ आईसोलेसनमा बसेको बायर्नले जनाएको छ ।
कोरोनाकै कारण जर्मन फरवार्ड मुलरले क्लब विश्वकपको फाइनल खेल गुमाएका थिए ।
फाइनलमा मेक्सिकोको टाइग्रेसलाई हराएर बायर्नले क्लब विश्वकपको उपाधि जितेको छ ।
बेन्जामिन पाभर्डले निर्णायक गोल गरेपछि बायर्न च्याम्पियन बनेको हो ।