महिला लिग : पुलिस र चन्द्रपुर भिड्दै
शुक्रबार, माघ ३०, २०७७खेलपाटी संवाददाता

एजेन्सी । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लब र चद्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
विभागीय टिम पुलिस र रौतहटको चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ ।
चन्द्रपुरविरुद्ध मैदान उत्रदा पुलिस सहज जितको खोजीमा हुनेछ ।
पुलिस चन्द्रपुरलाई हराउँदै तेस्रो स्थानको वालिङसँग अंक बराबरी गर्न चाहन्छ ।
पुलिस ८ खेलमा ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
चन्द्रपुर पनि पुलिसलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
चन्द्रपुर ६ अंक जोडेको छैटौं स्थानमा रहेको छ ।
लिगमा अपराजित एपीएफ २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
आर्मी २२ अंक जोडेर दोस्रो र १४ अंक जोडेको वालिङ तेस्रो स्थानमा रहेको छ ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


