बाँके । कोहलपुरमा जारी स्वर्गिय सुजता राइ अधिकारी स्मृति फुटबलमा एपीएफ र न्यु डाँफे स्पोर्टस क्लब विजयी बनेका छन् ।
बिहिबार भएको खेलमा एपीएफले बर्दियाको गेरुवा गाउँपालिका र न्यु डाँफेले रेसिङ्ग साहारा क्लबलाई हराएका हुन् ।
पहिलो खेलमा विभागीय टिम एपीएफले गेरुवा गाउँपालिकालाई १–० ले हराएको छ ।
एपीएफको जितमा वृहस्पति पुलामीले एक गोल गरे । उनै खेलको म्यान अफ दी म्याच चुनिए ।
अर्को खेलमा रेसिङ्ग साहाराको बी टिमलाई न्यु डाँफे स्पोर्टस क्लब खजुराले २–० ले हरायो । न्यु डाँफेको जितमा बिनोद केसी र सन्दीप गुरुङ्गले एक एक गोल गरे । बिनोद खेलको म्यान अफ दी म्याच चुनिए ।
भोली हुने खेलमा नेपालगन्ज फुटबल क्लब र कैलालीको गौरिगंगा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आयोजक कमिटिका सदस्य नवकिरण शाहले प्रतियोगिताको विजेताले १ लाख २२ हजार, उपविजेताले ५१ हजार रुपैयाँ सहित उपाधि प्राप्त गर्ने बताएका छन् ।