एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् ।
चोटको कारण नेयमारले च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बार्सिलोनासँगको पहिलो लेग खेल गुमाउने भएका हुन् ।
पीएसजी र बार्सिलोनाबीचको पहिलो लेग खेल फेब्रुअरी १६ मा हुनेछ । खेल बार्सिलोनाको मैदानमा हुनेछ ।
नेयमारले कोप डे फ्रान्स अन्तर्गत केनविरुद्धको खेलमा चोट बोकेका थिए ।

नेयमार करिब ४ हप्ता मैदान बाहिर रहने बताईएको छ ।
ब्राजिलियन फरवार्ड नेयमार पीएसजीको मुख्य खेलाडीमा पर्छन् ।
तर, नेयमारले चोट बोकेपछि पीएसजीलाई समस्या थपिएको छ ।
यस्तै बार्सिलोनाविरुद्ध मिडफिल्डर एन्जल डी मारिया समेत खेल्ने छैनन् ।
चोटकै कारण उनि टिम बाहिर रहेका छन् ।