काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले वालिङ नगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा वालिङले ३-१ को अग्रता बनाएको छ ।
वालिङका लागि क्यामरुनी खेलाडी मेथो रुथले ह्याट्रिक पुरा गरेकी छिन् । चौदण्डीगढीकी अन्जना थुलुङले एक गोल फर्काएकी छिन् ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।