एजेन्सी । एटलान्टा कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नापोलीलाई ३-१ गोलले पराजित गर्दै एटलान्टा उपाधि नजिक पुगेको हो ।
पहिलो लेगमा भने एटलान्टा र नापोलीले गोलरहित बराबरी खेलेका थिए ।
दोस्रो लेगमा एटलान्टालाई जित दिलाउन माटियो पेसिनाले दुई गोल गरे । डुभान जापटाको नाममा एक गोल रह्यो ।
नापोलीका हिर्भिङ लोजानाले एक गोल फर्काए ।

खेलको १० औं मिनेटमा जापटाको गोलबाट एटलान्टाले अग्रता बनाएको थियो ।
खेलको १६ औं मिनेटमा पेसिनाले गोल गरेपछि एटलान्टाको अग्रता २-० को बन्यो ।
खेलको ५३ औं मिनेटमा नापोलीका लोजानोले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा पेसिनाले व्यक्तिगत दोस्रो गोल गर्दै एटलान्टालाई ३-१ को जित दिलाए ।
अब उपाधिका लागि एटलान्टाले युभेन्ट्ससँग प्रतिस्पर्धा गर्नेछ ।
एटलान्टा र युभेन्ट्सबीचको फाइनल खेल १९ मे मा हुनेछ ।