काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा वालिङ नगरपालिका र चौदण्डीगढी नगरपालिका भिड्ने छन् ।
वालिङ र चौदण्डीबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
वालिङ ७ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
चौदण्डी भने अंक विहीन रहदै पुछारमा रहेको छ ।
अर्को खेलमा त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिकाबीच खेल हुनेछ ।
आर्मी र विराटनगरबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ ।
आर्मी विराटनगरलाई हराएर शीर्ष स्थानको एपीएफलाई दबाब दिन चाहन्छ ।
आर्मी १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
विराटनगर १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।