बाँके । बाँकेको कोहलपुरमा जारी स्वर्गिय सुजता राइ अधिकारी स्मृति फुटबल प्रतियोगितामा गौरिगंगा र रेसिङ्ग साहारा विजयी बनेका छन् ।
कोहलपुर नगरपालिकाको तेह्र विगाहा मैदानमा बुधबार भएको पहिलो खेलमा गौरिगंगाले बर्दिया ११ लाई टाइब्रेकरमा ४–२ ले हराएको हो ।
निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । गौरिगंगाका लागि पुरन सिंह भुसाल र पोषण विसीले एक एक गोल गरेका थिए । बर्दियाका लागि दुवै गोल प्रकाश विसीले गरेका थिए ।
दोस्रो खेलमा रेसिङ्ग साहाराको ए टिमले कोहलपुरकै पब्लिक लर्ड बुद्धलाई १–० ले हरायो । आयोजकको जितमा विजय सिंह ठकुरीले एक गोल गरेका थिए ।
भोलि (बिहिबार) दुई खेल हुँदैछ । पहिलो खेलमा एपीएफ र बर्दियाको गेरुवा गाउँपालिका तथा दोस्रो खेलमा रेसिङ्ग साहाराको बी टिम र न्यु डाँफे स्पोर्टस क्लब खजुराबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख २२ हजार, उपविजेताले ५१ हजार रुपैयाँ सहित उपाधि प्राप्त गर्ने आयोजक कमिटिका सदस्य नवकिरण शाहले बताएका छन् ।