एजेन्सी । वेल्स फुटबल टिमका पूर्व गोलकिपर दाइ डाभिसको निधन भएको छ ।
एभर्टनको पूर्व गोलकिपर समेत रहेका डाभिसको ७२ वर्षको उमेरमा निधन भएको छ ।
गोलकिपर डाभिस क्यान्सरबाट पीडित रहेका थिए ।
उनि कुनै समय वेल्सका लागि सर्वाधिक खेल खेल्ने गोलकिपर रहेका थिए ।
उनले वेल्सको लागि ५२ खेल खेलेका थिए ।
स्वान्सीबाट फुटबल सुरुवात गरेका उनले एभर्टन, ट्रानमेरे रोभार्स लगायतका क्लबबाट समेत खेलेका थिए ।