काठमाडौं । वी युनाईटेड प्रोजेक्टले 'वी कोच नेपाल प्रोजेक्ट' को सुरुवात गरेको छ ।
अमेरिकी दुतावाससँगको सहकार्यमा 'वी कोच नेपाल प्रोजेक्ट' को सुरुवात गरिएको हो ।
यस परियोजनाले फुटबललाई माध्यम बनाएर किशोरीहरुलाई आफ्नो समुदायमा नेतृत्वकर्ता र सक्रिय सहभागिताको लागि सशक्त बनाउने छ ।
वी कोच नेपालले काठमाडौं ,सुर्खेत र धनगढीका १२ किशोरीलाई फुटबल प्रशिक्षक बन्नका लागि प्रशिक्षण दिनेछ ।

प्रोजेक्टको बुधबार भर्चुअल रुपमा उद्घाटन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा अमेरिकी दूतावासका नियोग उपप्रमुख म्यानुएल मिक्कलरले खेलकुदमा महिला सहभागिताले लैंगिक समानताको गतिलाई अघि बढाउने बताए ।
यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले महिला सशक्तिकरणलाई प्रवर्दन गर्न प्रतिबद्दता व्यक्त गरे ।
