काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले शीर्ष स्थानको एपीएफ र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले ३-० को अग्रता बनाएको छ ।
पहिलो हाफमा एपीएफका लागि सावित्रा भण्डारीले दुई गोल गरेकी छिन् । यस्तै अनिता बस्नेतले एक गोल गरेकी छिन् ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो ।
एपीएफले ७ खेलमा २१ अंक जोडेको छ ।
चन्द्रपुरले ७ खेलमा ६ अंक जोडेको छ ।