एजेन्सी । इंग्लिस एफए कप फुटबलमा आज म्यानचेस्टर सिटीले स्वान्सी सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रिमियर लिग क्लब सिटीले च्याम्पियनसिप क्लब स्वान्सीसँग उसैको मैदानमा खेल्नेछ ।
सिटी र स्वान्सीबीचको खेल नेपाली समय अनुसार राति ११:१५ मा सुरु हुनेछ ।
च्याम्पियनसिप क्लबविरुद्ध मैदान उत्रदा सिटी सहज जितको खोजीमा हुनेछ ।
प्रिमियर लिगको लिग लिडर सिटी जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछ ।
यस्तै अर्को प्रिमियर लिग क्लब टोटेनहमले एभर्टनसँग प्रतिस्पर्धा गर्नेछ ।
लेष्टर सिटीले ब्राइटनसँग खेल्नेछ ।
सेफिल्ड युनाईटेडले ब्रिस्टोल सिटीसँग खेल्नेछ ।