काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले २-० को अग्रता बनाएको छ ।
पहिलो हाफमा आर्मीका लागि शर्मिला थापा र विमला चौधरीले एक एक गोल गरेकी छिन्।
खेलको पहिलो मिनेटमै शर्मिलाले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् ।
त्यसपछि खेलको ४३ औं मिनेटमा विमलाले गोल गर्दा आर्मी पहिलो हाफमा २-० ले अघि रहेको छ ।
आज दुबै टिम जित निकाल्ने योजनामा छन् ।
आर्मी ७ खेलमा १६ अंक जोडेको दोस्रो स्थानमा रहेको छ ।
वालिङ ७ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।