एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडका मिडफिल्डर थोमस लेमारलाई कोरोना भाईरसको संक्रमण भएको छ ।
एट्लेटिकोले मिडफिल्डर थोमसलाई कोरोना संक्रमण भएको जनाएको छ ।
कोरोना संक्रमण भएपछि थोमस घरमा सेल्फ आईसोलेसनमा बसेको एट्लेटिकोले जनाएको छ ।
यस्तै अर्को मिडफिल्डर हेक्टर हरेरालाई पनि कोरोना भाईरसको संक्रमण भएको एट्लेटिकोले जनाएको छ ।
उनि पनि सेल्फ आईसोलेसनमा बसेको क्लबले जनाएको छ ।
कोरोना संक्रमण भएपछि थोमस र हेक्टरले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेग अन्तर्गत चेल्सीसँगको खेल गुमाउने छन् ।
यस अघि एट्लेटिकोका जोआ फेलिक्स र मोउसा डेम्बेलेलाई कोरोना देखिएको थियो ।
कोरोनाकै कारण हाल एट्लेटिकोका ६ खेलाडी आईसोलेसनमा रहेका छन् ।