काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिकाबीच खेल हुनेछ ।
आर्मी र वालिङबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
आर्मी ७ खेलमा १६ अंक जोडेको दोस्रो स्थानमा रहेको छ ।
वालिङ ७ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
अर्को खेलमा नेपाल पुलिस क्लबले विराटनगर महानगरपालिकासँग खेल्नेछ ।
पुलिस र विराटनगरबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ ।
दुबै टिम जित निकाल्ने योजनामा रहेका छन् ।
पुलिस ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
विराटनगर १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।