एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले सहज जित निकालेको छ ।
सोमबार राति भएको खेलमा लिड्सले क्रिस्टल प्यालेसलाई २-० ले हराएको हो ।
घरेलु मैदानमा लिड्सलाई जित दिलाउन ज्याक ह्यारिसन र प्याट्रिक बामफोर्डले एक एक गोल गरे ।
खेलको तेस्रो मिनेटमा ह्यारीसनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५२ औं मिनेटमा बमफोर्डले गोल गर्दै लिड्सलाई २-० को जित दिलाए ।
जितसँगै लिड्स तालिकाको १० औं स्थानमा उक्लिएको छ ।
लिड्सले २२ खेलमा ३२ अंक जोडेको छ ।
क्रिस्टल २९ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
