बायर्न क्लब विश्वकपको फाइनलमा
मंगलबार, २७ माघ २०७७खेलपाटी संवाददाता

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिख फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार राति भएको खेलमा इजिप्टको अल एहलीलाई २-० गोल अन्तरले हराउँदै बायर्न उपाधि नजिक पुगेको हो ।
कतारको अहमेद विन अली स्टेडियममा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे ।
खेलको १७ औं मिनेटमा पोलिस फरवार्ड लेवान्डोस्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २-० को जित दिलाए ।
अब बायर्नले फाइनलमा मेक्सिकोको टिग्रेससँग खेल्नेछ ।
टिग्रेसले ब्राजिलको पाल्मेइरसलाई १-० ले हराएर बायर्नसँगको भेट पक्का गरेको हो ।







%20(1)-1765977079083.jpeg&w=3840&q=75)




%20(2)-1765947464452.png&w=3840&q=75)