एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बा केहि साता मैदान बाहिर रहने भएका छन् ।
दाहिने खुट्टाको 'थाई मसल इन्जुरी' को कारण पोग्बा केहि साता मैदान बाहिर रहने भएका हुन् ।
युनाईटेडका मुख्य प्रशिक्षक ओले गुनार सोल्सायरले पोग्बा केहि हप्ता मैदान बाहिर रहने पुष्टि गरेका छन् ।
फ्रान्सका पोग्बाले शनिबार राति भएको एभर्टनविरुद्धको खेलमा चोट बोकेका थिए । उक्त खेल ३-३ गोलको बराबरीमा सकिएको थियो ।
पोग्बा चोट बोकेपछि ३९ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
अब पोग्बाले एफए कप अन्तर्गत वेस्ट ह्याम र युरोपा लिग अन्तर्गत रियल सोसीडाडविरुद्धको खेल गुमाउने छन् ।
