बाँके । स्वर्गिय सुजता राई अधिकारी स्मृति फुटबल प्रतियोगितामा पब्लिक लर्ड बुद्ध एकेडेमीले जित हात पारेको छ ।
सोमबार कोहलपुरस्थित तेह्र बिगाहामा भएको खेलमा लर्ड बुद्ध एकेडेमीले लायन्स युथ क्लब सुर्खेतलाई ३–० ले हराएको हो ।
लर्ड बुद्धको जितमा सन्दीप शाहीले दुई तथा नवनन्द आचार्यले एक गोल गरे ।
खेलको दोस्रो मिनेटमै सन्दीपको गोलबाट लर्ड बुद्धले अग्रता लिएको थियो । ५८ औं मिनेटमा सन्दीपले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । नवनन्द आचार्यले ७१ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
दुई गोल गरेका सन्दीप म्यान अफ दी म्याच चुनिए ।

दोस्रो खेलमा बर्दियाको गेरुवा गाँउपालिकाले वाकओभर पायो । सैनिकको जयकिशन स्पोर्टस क्लब अनुपस्थित रहेपनि गेरुवाले वाकओभर पाएको हो ।
प्रतियोगिताको विजेताले १ लाख २२ हजार, उपविजेताले ५१ हजार रुपैयाँ सहित उपाधि प्राप्त गर्ने आयोजक कमिटिका सदस्य नवकिरण शाहले बताएका छन् ।