काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले ७-० को अग्रता बनाएको छ ।
पहिलो हाफमा एपीएफका लागि सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरेकी छिन् ।
यस्तै अनिता केसीले २ गोल गर्दा अनिता बस्नेतले १ गोल गरेकी छिन् ।
आज साविक विजेता समेत रहेको एपीएफ चौदण्डीलाई हराएर अपराजित यात्रा कायम राख्न चाहन्छ ।
एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो ।
शीर्ष स्थानको एपीएफएले ६ खेलमा १८ अंक जोडेको छ ।
यता, चौदण्डी भने एपीएफलाई रोक्ने योजनामा रहेको छ ।
जारी लिगमा अंक विहीन रहने एक्लो टिम चौदण्डी हो ।
चौदण्डीले अघिल्ला ६ खेलमा हार व्यहोरेको छ ।