काठमाडौं । फ्रेन्चाईज क्रिकेट लिग ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा ८ नेपाली खेलाडी अक्सनमा परेका छन् ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले बताए अनुसार एसोसियट राष्ट्र नेपालबाट ८ खेलाडी अक्सनमा परेका हुन् ।
बीसीसीआईले खेलाडीको नाम भने सार्वजनीक गरेको छैन ।
आयोजक संस्थाले यस वर्षको आईपीएलका लागि कुल १ हजार ९७ जना खेलाडी अक्सनका लागि दर्ता भएको जानकारी दिएको छ ।
बीसीसीआईका अनुसार २७ जना खेलाडी एसोसियट राष्ट्रबाट अक्सनमा दर्ता भएका छन् । जसमा ८ खेलाडी नेपालका छन् ।
आईपीएलको नयाँ सिजनका लागि भारतका ८ सय १४ र बाहिरका २ सय ८३ खेलाडी अक्सनमा परेका छन् ।
आईपीएलको अक्सन चेन्नेईमा फेब्रुअरी १८ मा आयोजना गर्ने बीसीसीआईको तयारी छ ।
अक्सन नेपाली समय अनुसार दिउँसो सवाँ ३ बजे सुरु हुनेछ ।
आईपीएललाई विश्व क्रिकेटको सबैभन्दा महङ्गो फ्रेन्चाई लिग मानिन्छ । विश्वभरका स्टार क्रिकेटर खेल्ने आईपीएलमा नेपालबाट सन्दीप लामिछानेले दुई सिजन खेलिसकेका छन् ।
उनलाई दिल्ली क्यापिटल्सले दुई सिजन आईपीएलमा खेलायो । उनलाई यस सिजन दिल्ली टिमले नलिने बताईसकेको छ ।
आईपीएलमा पहिलो पटक नेपालबाट धेरै खेलाडी अक्सनमा परेका हुन् ।
