लियोन शीर्ष स्थानमा
२०२१ जनवरी ३०, शनिबारखेलपाटी संवाददाता

एजेन्सी । लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शुक्रबार राति भएको खेलमा बोर्डेअक्सलाई २-१ गोल अन्तरले हराउँदै लियोन शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा लियोनलाई जित दिलाउन कार्ला टोको इकाम्वी र लियो डुवोइसले एक एक गोल गरे ।
बोर्डेअक्सका स्यामुएल कालुले एक गोल फर्काए ।
खेलको ३२ औं मिनेटमा कार्लाले गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए ।
खेलको ५५ औं मिनेटमा कालुले गोल गर्दै बोर्डेअक्सलाई खेलमा फर्काए ।
तर, खेलको इन्जुरी समयमा लियोले गोल गर्दै लियोनलाई २-१ को जित दिलाए ।
जितसंगै लियोनले २२ खेमा ४६ अंक जोडेको छ ।
लियोन पीएसजीलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।
बोर्डेअक्स ३२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।