कोरोना प्रभावितलाई रुडिगरको सहयोग
२०२१ जनवरी ३०, शनिबारखेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगरले कोरोना प्रभावितलाई सहयोग गरेका छन् ।
रुडिगरले अफ्रिकी राष्ट्र सिएरा लियोन र जर्मनीका कोरोना प्रभावितलाई सहयोग गरेका हुन् ।
जर्मनीका डिफेन्डर रुडिगरले सिएरा लियोनमा ६० हजार फेस मास्क सहयोग गरेका छन् ।
यस्तै उनले निशुल्क शिक्षाका लागि आर्थिक सहयोग समेत गरेका छन् ।
रुडिगरका पुर्खौली थलो सिएरा हो ।
यस्तै उनले जर्मनीको बर्लिनको एक अस्पतालमा काम गर्ने कर्मचारीहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।
रुडिगरले आफु जन्मिएको अस्पतालमा काम गर्ने कर्मचारीहरुलाई तीन महिना निशुल्क खाना खाने व्यवस्था मिलाएका हुन् ।