आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

नेपालकी पार्वतीलाई स्वर्ण

मंगलबार, १३ माघ २०७७खेलपाटी संवाददाता
नेपालकी पार्वतीलाई स्वर्ण
Classic Tech Internet Ad

काठमाडौं । प्रथम नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक जितेकी छिन् ।

कोटश्वर तेक्वान्दो डोजाङमा मंगलबार सुरु प्रतियोगिताको महिला पुम्सेको १८–३० वर्षमा पार्वतीले स्वर्ण जितेकी हुन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता पार्वतीले ६.८० अंक जोडिन् । इरानकी मार्याम दोश्रो तथा इरानकी सेयेदेह र मकाउकी ला हियो तोङ तेश्रो भए ।

सोही स्पर्धाको पुरुषमा इरानका हेसेयम अल्होई ७.६५ अंकसाथ पहिलो भए । मकाउका तोङ हाउ पान दोश्रो तथा मकाउकै लि झी पेङ र नेपालका १३ औं सागका कांस्य विजेता जितबहादुर बोट तेश्रो बने ।

महिला पुम्सेको ४० वर्षमुनि मकाउकी जुस्तिना लेइले शीर्ष स्थान कब्जा गरिन् । जुस्तिनाले ७.५० अंक जोडिन् । १३ औं सागकी दोहोरो स्वर्ण विजेता आयशा शाक्य ६.८५ अंकसाथ दोश्रो स्थानमा सीमित भइन् ।

इरानकी महबौबेह हसनी र नेपालकी रेखमाया गुरुङले तेश्रो स्थानमा चित्त बुझाए । महिला पुम्सेको ५० वर्षमुनि भेनेन्जुएलाकी जेनिफर गार्सिया पहिलो भइन् । जेनिफरले ६.९६ अंक प्राप्त गरिन् । इरानकी जेनियब नाजेर दोश्रो तथा नेपालकी विमला भण्डारी तेश्रो स्थानमा रहे ।

पुम्सेकै पुरुष ६० वर्षमुनि इरानका युसोफ (७.१३ अंक) तथा महिला ६० वर्षमुनि इरानकै सयेद जाहरा (६.३३ अंक) ले स्वर्ण जिते ।


कोटेश्वर तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, काभ्रेस्थली तेक्वान्दो डोजाङ, स्युचाटार तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल र मोर्निङ ग्लोरी स्कुलको संयुक्त आयोजनामा सुरु प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङले एक कार्यक्रमबीच उद्घाटन गरे ।

सो अवसरमा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपका सदस्य मानदेव हजरा, ओलम्पियनद्वय संगिना वैद्य, दीपक विष्ट, १३ औं सागका दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठलगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा पुम्से, हाइ स्पिड किक र पारा तेक्वान्दोमा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक समेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । हाइ स्पिड स्पर्धाको प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना गरिएको संयोजक श्रेष्ठले जानकारी दिए । पुम्मेमा ६० र हाइ स्पिड किकमा ३० गरी ९० स्पर्धा समावेश छन् । प्रतियोगितामा विभिन्न ३१ राष्ट्रका १ हजार ३ सय १५ खेलाडीको सहभागिता रहेको प्रतियोगिता आयोजक समितिका सचिव अशोक खड्काले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट पुरुष÷महिला खेलाडीले समान १–१ सय अमेरिकी डलर नगद पुरस्कार पाउने छन् । मोस्ट पपुलर प्लेयर खेलाडीलाई १ सय ५० अमेरिकी डलरबाट पुरस्कृत गरिने छ । यो विधाको चयन युट्युबमा सर्वाधिक हेरिएको खेलाडीको भिडियोका आधारमा गरिने छ । ५ नेपाली र ७ विदेशी गरी १२ अन्तर्राष्ट्रिय निर्णायकले प्रतियोगिता सञ्चालन गरिरहेका छन् । उद्घाटनका अवसरमा पाँच नेपाली अन्तर्राष्ट्रिय निर्णायक नोर्बु लामा, अशोक खड्का, मिन न्यौपाने, हीराबहादुर थापा र विक्रम खड्गीलाई सम्मान गरिएको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
फर्किए सलाह

फर्किए सलाह

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती