काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (सोमबार) एक खेल हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
चौदण्डी र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ ।
चौदण्डी र चन्द्रपुर आज पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछन् ।
दुबै टिम अघिल्ला खेलमा पराजित भएका थिए ।
दुबै टिम अंक विहीन रहेका छन् ।
तर, लिगको दोस्रो खेलमा दुबै टिम अंक जोड्न चाहन्छ ।
चौदण्डी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६-० ले पराजित भएको थियो ।
यस्तै पहिलो खेलमा चन्द्रपुर पनि एपीएफ क्लबसँग ६-० ले पराजित भएको थियो ।