मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. सावित्राको ह्याट्रिक, एपीएफको सानदार सुरुवात

सावित्राको ह्याट्रिक, एपीएफको सानदार सुरुवात

२०२१ जनवरी २१, बिहिबारखेलपाटी संवाददाता

सावित्राको ह्याट्रिक, एपीएफको सानदार सुरुवात

काठमाडौं । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

बिहीबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् ।

यस्तै कप्तान अनिता बस्नेत, अन्जली कुमारी योन्जन र प्रिती राईले एक एक गोल थपिन् ।

No description available.

एकतर्फी बनेको खेलको १४ औं मिनेटमा सावित्राको गोलबाट एपीएफले अग्रता बनाएको थियो ।

मैदानको दायाँ भागबाट मन्जली योन्जनको पासमा सावित्राले डिबक्स भित्रबाट सहजै गोल गरिन् ।

खेलको २२ औं मिनेटमा एपीएफले अग्रता दोब्बर बनायो । मिडफिल्डर अन्जलीले कप्तान अनिताले उपलब्ध गराएको पासमा गोल गरेकी थिइन् ।

खेलको ६२ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को अग्रता दिलाईन् । उनले कप्तान अनिताले मिलाएको पासलाई सिक्स यार्ड बक्सबाट गोल गरेको थिइन् ।

खेलको चौंथो गोल कप्तान अनिताको नाममा रह्यो । खेलको ६४ औं मिनेटमा सावित्राले डिबक्स भित्रबाट मिलाएको बललाई अनिताले वान टचमै गोल गरेकी थिइन् ।

No description available.

खेलको ७२ औं मिनेटमा सावित्राले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा एपीएफ ५-० ले अघि रह्यो ।

त्यसपछि खेलको ८९ औं मिनेटमा डेब्यु खेलाडी प्रिती राईले गोल गरेपछि एपीएफले ६-० को फराकिलो जित निकाल्यो ।

जितसंगै एपीएफले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

के भन्छन् प्रशिक्षकहरु ?

जितपछि एपीएफका प्रशिक्षक भगवती थापाले टिमले अझै सुधार गर्ने ठाउ भएको बताईन् ।

'कोरोनापछि प्रतियोगिता भयो । टिम राम्रो छ । रौतहट पनि नराम्रो हैन । प्रदर्शनले सन्तुष्ट छु,' उनले भनिन्, 'कमीकमजोरी सुधार गर्छौं । अट्याक राम्रो भएपनि स्कोरमा चुक्यौं । लिगमा अंक र गोलको ठूलो भुमिका हुन्छ ।'

चन्द्रपुरका प्रशिक्षक नुरराज काफ्लेले खेलाडीले चोट बोक्दा समस्या भएको बताए ।

'पहिलो हाफ राम्रो भयो । दोस्रो हाफमा खेलाडी घाइते भएपछि समस्या आयो । खेलाडीको फिटनेशमा पनि समस्या आयो । एपीएफको पनि राम्रो खेल भएन । पहिला धेरै तगडा थियो । पहिलो जस्तो भएन,' उनले भने, '२ महिनाको तयारी हो । उपाधिमा सोच छैन ।'

लिग अन्तर्गत नै आज विराटनगर महानगरपालिका मोरङ र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ ।

महिला लिगमा तीन विभागीयसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेताले नगद १५ लाख सहित ट्रफी प्राप्त गर्नेछ । दोस्रोले ८, तेस्रोले ५, चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर र हरेक विधाका खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल

Bhat Bhateni
एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

बार्सिलोनाको आधा दर्जन गोल

बार्सिलोनाको आधा दर्जन गोल

पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित