काठमाडौं । नेपाल यू-१९ फुटबल टोलिका सदस्य प्रिती राईले विभागीय टिम एपीएफ क्लबका लागि डेब्यु गरेकी छिन् ।
एन्फा मैदानमा अहिले जारी चन्द्रपुर नगरपालिकाविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गर्दै प्रितीले एपीएफका लागि डेब्यु गरेका हुन् ।
एपीएफका प्रशिक्षक भगवती थापाले डिफेन्डर हिरा कुमारी भुजेलको स्थानमा मिडफिल्डर प्रितीलाई दोस्रो हाफमा मैदान छिराएकी थिईन ।
यस्तै प्रितीले डेब्यु खेलमै गोल गरेकी छिन् । उनले ८९ औं मिनेटमा गोल गरेकी हुन् ।
यस अघि काठमाडौं क्लबबाट लिग खेलेकी प्रिती नेपालको यू-१५,१६ राष्ट्रिय महिला फुटबल टोलीको कप्तान समेत हुन् ।
यस्तै सुष्मा तामाङले पनि एपीएफका लागि डेब्यु गरेकी छिन्।