एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।
घरेलु मैदानमा बुधबार राति सिटीले एस्टन भिल्लालाई २-० ले हराएको हो ।
सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भा र इल्के गुण्डोगानले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सिटीले दुबै गोल गरेको थियो ।

खेलको ७९ औं मिनेटमा सिल्भाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ९० औं मिनेटमा गुण्डोगानले पेनाल्टीमा गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।
जितसंगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
सिटीले १८ खेलमा ३८ अंक जोडेको छ ।
एस्टन २६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।