रियल कोपा डेल रेबाट बाहिरियो

एजेन्सी । ला लिगा क्लब रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम ३२ बाट बाहिरिएको छ ।
बुधबार राति तेस्रो तेस्रो श्रेणीको क्लब एल्कोयानोसँग अतिरिक्त समयमा २-१ ले पराजित हुँदै रियल बाहिरिएको हो ।
एल्कोयानोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियल पराजित भएको हो ।
दोस्रो रोजाईका खेलाडी मैदान उतारेको रियलले ४५ औं मिनेटमा अग्रता बनाएको थियो । इडर मिलिटाओले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
तर, खेलको ८० औं मिनेटमा एल्कोयानोका जोस सोल्वेसले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि निर्धारित समयमा थप गोल भएन र खेल अतिरिक्त समयमा लम्बिएको थियो ।
खेलको १०९ औं मिनेटमा एल्कोयानो १० खेलाडीमा समेटियो । उसका रामोन लोपेज दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिए ।
तर, खेलको ११५ औं मिनेटमा जुआनानले गोल गर्दै एल्कोयानोलाई २-१ को जित दिलाए ।
कोपा अन्तर्गत नै अर्को खेलमा रियल सोसिडाडले कोर्डाेवालाई २-० ले हराएर अघिल्लो चरणमा पुगेको छ ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


