काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (बिहीबार) दुई खेलहरु हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा एपीएफ क्लबले रौतहटको चन्द्रपुर नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।
एपीएफ र चन्द्रपुरबीचको खेल ११:३० मा सुरु हुनेछ ।
साविक विजेता समेत रहेको एपीएफ चन्द्रपुरलाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।
चन्द्रपुर पनि सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।
महिला लिग अन्तर्गत नै अर्को खेलमा विराटनगर महानगरपालिका मोरङ र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ ।
विराटनगर र वालिङबीचको खेल ३:३० बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुने छन् ।
महिला लिगमा तीन विभागीयसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले नगद १५ लाख सहित ट्रफी प्राप्त गर्नेछ । दोस्रोले ८, तेस्रोले ५, चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर र हरेक विधाका खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।