उपाधिका लागि आयोजक र मसुरिया भिड्ने
बुधबार, माघ ७, २०७७बिक्रम बुढा क्षेत्री
नेपालगन्ज । आयोजक जयकिसान स्पोर्ट्स क्लब ‘ए’ स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको दोस्रो सेमिफाइनलमा एफएफएसए दाङलाई १-० गोल अन्तरले हराउँदै आयोजक फाइनलमा प्रवेश गरेको हो ।
जयकिसानको जितमा विनोद केसीले खेलको १२ औं मिनेटमा निर्णायक गोल गरे ।
अब उपाधिका लागि जयकिसानले मसुरिया एकेडेमी, कैलालीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।
विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


