काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका सदस्य रेखा पौडेल र पुजा रानाले नेपाल पुलिस क्लबबाट डेब्यू गरेका छन् ।
कोरोना महामारीपछि बुधबारबाट सुरु भएको राष्ट्रिय महिला लिगमा पुजा र रेखाले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध खेल्दै डेब्यू गरेका हुन् ।
यस्तै यू-१९ महिला फुटबल टोलीबाट खेल्दै आएकी गोलरक्षक सपना राईले समेत पुलिसबाट डेब्यू गरिन ।
रेखा यस अघि शसस्त्र प्रहरी बलको एपीएफबाट खेल्दै आएकी थिइन् । पुजा आर्मीबाट खेल्दै आएकी थिइन् । सपना भने रौतहटबाट पुलिस आएकी हुन।
रेखा र पुजाले बिराटनगरमा भएको पाचौं साफमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।
पुजा र सपनाले पुलिसको सुरुवाती एघारबाटै डेब्यू गरेका थिए भने रेखा पहिलो हाफमा मैदान प्रबेश गरेकी थिइन् ।
