एजेन्सी । लेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार राति भएको खेलमा चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै लेष्टर शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन विलफ्रेड एनडीडी र जेम्स माडिसनले एक एक गोल गरे ।
खेलको छैटौं मिनेटमा विलफ्रेडले गोल गर्दै लेष्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ४१ औं मिनेटमा माडिसनले गोल गर्दै लेष्टरलाई २-० को जित दिलाए ।
बल पोजिसनमा पकड जमाएपनि चेल्सीले लेष्टरविरुद्ध गोल गर्न सकेन । उसका अग्रपंक्तिका खेलाडी गोल गर्न पटक पटक चुकेका थिए ।
जितसंगै शीर्ष स्थानमा उक्लिएको लेष्टरले १९ खेलमा ३८ अंक जोडेको छ ।

लेष्टर दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड भन्दा १ अंकले अघि रहेको छ ।
चेल्सी २९ अंक जोदेत आठौं स्थानमा रहेको छ ।
अर्को खेलमा वेस्ट ह्यामले वेस्ट ब्रुमलाई २-१ ले हराएको छ ।
