हेटौडा । बौद्ध भेट्रान्स काठमाडौंले मकवानपुरको हेटौडामा जारी हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगितामा जित निकालेको छ ।
मंगलबार भएको खेलमा बौद्धले एबिसी भेट्रान्स पोखरालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बौद्धको जितमा पासाङ्ग लामाले ३० औं मिनेटमा निर्णायक गोल गरे ।
नकआउटका आधारमा जारी प्रतियोगिताको फाइनल खेल माघ १० गते हुने प्रतियोगिताका संयोजक कविन सांगामीले बताए ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् ।