एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिग फुटबलमा दोस्रो हार व्यहोरेको छ ।
मंगलबार भएको खेलमा पन्जाब चर्चिल ब्रोदर्ससँग १-० गोल अन्तरले पराजित भएको हो ।
चर्चिलको जितमा जुलियन जुनिगाले खेलको ८५ औं मिनेटमा निर्णायक गोल गरे ।
चर्चिलविरुद्धको खेलमा किरणले कप्तानी गरेका थिए । नियमित कप्तान विक्रमजित सिंह टिममा नपर्दा किरणले कप्तानी सम्हालेका हुन् ।
जितसंगै चर्चिलले ३ खेलमा ७ अंक जोडेको छ । चर्चिल लिगको शीर्ष स्थानमा रहेको छ ।
पन्जाबको यो लगातार दोस्रो हार हो । यस अघि पन्जाब केरेलासँग पराजित भएको थियो ।
पन्जाब ३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
