एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज चेल्सीले लेष्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।
चेल्सीले लेष्टरसँग उसैको मैदानमा खेल्नेछ । चेल्सी र लेष्टरबीचको खेल नेपाली समय अनुसार राति २ बजे सुरु हुनेछ ।
किङ्ग पावर स्टेडियममा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
घरेलु मैदानमा लेष्टर महत्वपूर्ण जितको खोजीमा हुनेछ ।
चेल्सीलाई हराउँन सकेमा लेष्टर तालिकाको शीर्ष स्थानमा उक्लनेछ ।
लेष्टर ३५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
लेष्टर शीर्ष स्थानको म्यानचेस्टर युनाईटेड भन्दा २ अंकले पछि रहेको छ ।
यता, चेल्सी पनि लेष्टरलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
चेल्सी २९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा वेष्ट ह्याम र वेस्ट ब्रुमबीच खेल हुनेछ ।