चितवन । सेन्ट्रल कलेज बि. एफ. सि. भरतपुर चितवनमा जारी माडी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
चितवनको माडी माबिको खेल मैदानमा सोमबार भएको खेलमा अल स्टार क्लब तनहुलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेन्ट्रल कलेज सेमिफाइनलमा पुगेको हो ।
प्रतियोगिता अन्तर्गत मगंलबार काठमाडौं -११ र एफसी मुन्डियाल हेटौडाबीच प्रतिस्पर्धा हुने खेल तालिका रहेको छ ।
बसन्तपुर युनाईटेड क्लबले आयोजना गरेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख प्राप्त गर्दा उपविजेताले १ लाख प्राप्त गर्ने छन् ।
यस्तै सर्वोकृष्ट खेलाडीले १० हजार प्राप्त गर्ने छन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट फरवार्ड, डिफेन्डर, गोलकिपर, मिडफिल्डरले ५/५ हजार पाउने छन् ।
सर्वाधिक गोलकर्ताले ७ हजार ५ सय प्राप्त गर्दा उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडीले ३ हजार ५ सय प्राप्त गर्ने छन् ।