नेपालगन्ज । आयोजक जयकिसान स्पोर्ट्स क्लब ‘ए’ प्रथम स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
खजुरा गाउँपालिका–१, मैटहवा माविको फुटबल मैदानमा सोमबार भएको क्वाटरफाइनलमा गुर्भाकोट क्लब सुर्खेतलाई २-० ले पराजित गर्दै जयकिसान सेमिफाइनलमा पुगेको हो ।
जयकिसानको जितमा बिक्रमसिंह ठकुरीले दुई गोल गरे ।
जयकिसानको जितसंगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो लागेको छ ।
प्रतियोगिताको अन्तिम चारमा जयकिसानसँगै, साहरा एफसी लखनउ, मसुरी एकेडेमी कैलाली र एफएफएसए दाङ पुगेका छन् ।
मंगलबार हुने पहिलो सेमिफाइनमा सहारा र मसुरी प्रतिस्पर्धा गर्नेछन् । बुधबार हुने दोस्रो सेमिफाइनलमा एफएफएसए र जयकिसानबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको फाइनल खेल माघ ९ हुनेछ ।
प्रतियोगितामा विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ ।