एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आर्सनलले न्युकासल युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ ।
आर्सनलले न्युकासलसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । आर्सनल र न्युकासलबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा आर्सनल जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । तर, बलियो टिम न्युकासलविरुद्ध आर्सनललाई जित निकाल्न सहज भने हुने छैन ।
आर्सनल यस सिजन खराब लयमा रहेको छ । र, तालिकाको शीर्ष १० भन्दा पछि रहेको छ ।
तर, घरेलु मैदानमा जित निकाल्दै आर्सनल शीर्ष १० भित्र उक्लन चाहन्छ ।
आर्सनल २४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
न्युकासल १९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
न्युकासल पनि आर्सनललाई हराएर अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।