• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
आधा वर्ष बित्यो, बसेन राखेपको बोर्ड बैठक
हिम बिक्रम केसी
सोमबार, माघ ५, २०७७ हिम बिक्रम केसी
आधा वर्ष बित्यो, बसेन राखेपको बोर्ड बैठक

काठमाडौं । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएको झण्डै आधा वर्ष बितेपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक बस्न सकेको छैन ।

खेलकुद परिषद्को वार्षिक योजना, कार्यक्रम तथा बजेट स्वीकृत गर्ने मुख्य थलोको रुपमा रहेको राखेपको बोर्ड चालू आर्थिक वर्षको ६ महिना बितिसक्दा समेत बस्न नसकेको हो ।

राखेपको बोर्ड बैठक बस्न नसक्दा खेलकुद ऐनले निर्देश गरेको घरेलु खेलकुदको वार्षिक क्यालेन्डर समेत बन्न सकेको छैन ।

कोभिड–१९ का कारण विगत एक वर्षदेखि प्रभावित बनेको घरेलु खेलकुदलाई अघि बढाउने विषयमा राखेप र मन्त्रालयको स्पष्ट खाका बाहिर आउन सकेको छैन ।

नवनियुक्त खेलकुद मन्त्री दावा तामाङ्गले खेलकुद परिषद्को बोर्ड बैठकका लागि गृहकार्य नपुगेको बताउँछन् ।

‘समन्वय गरेर जाने कुरा हो । सल्लाह गरेर जाने विषय छ ।’ उनले खेलपाटीसंग भने ।

सरकार पुनर्गठनसंगै तामाङ्ग नयाँ खेलकुद मन्त्री बनेका आएका हुन् । खेलकुद पृष्ठभूमी नभएका तामाङ्ग खेलकुद क्षेत्रको वर्तमान गतिरोधबारे अनविज्ञ देखिन्छन् ।

निवर्तमान खेलकुद जगतबहादुर विश्वकर्माले राखेपको बोर्ड सदस्य नियुक्तिको प्रक्रिया सक्ने बित्तिकै बैठक बोलाउने तयारी गरेका थिए । तर दशैं लगत्तै बैठक बोलाउने प्रतिबद्धता जनाएका विश्वकर्माले समेत लामो समय बित्दा समेत बोर्डको बैठक बसाल्न सकेनन् ।

खेलकुद ऐन २०७७ ले परिषद्को बैठक वर्षमा कम्तीमा दुई पटक बस्ने प्रावधान राखेको छ । तर आधा वर्ष बित्दा समेत बोर्ड बैठकको ‘आत्तोपत्तो’ देखिदैन ।

परिषद् अध्यक्षको रुपमा खेलकुद मन्त्रीले तोकेको मिति, समय र स्थानमा बैठक बस्ने ब्यवस्था ऐनले गरेको छ । सदस्य सचिवले अध्यक्षसंगको परामर्शमा परिषद्को बैठक बस्ने मिति, समय, स्थान र बैठकमा छलफल हुन विषयको सुचि बैठक बस्नु ७ दिन अघि सबै सदस्यलाई पठाउने उल्लेख व्यवस्था ऐनले गरेको छ ।

राखेपका एक सदस्यले बोर्ड बैठक बस्न नसक्दा परिषद्को काम कारबाही प्रभावित बनेको खेलपाटीलाई बताए ।

‘नयाँ ऐनले राखेप सञ्चालनका लागि कार्यकारी समितिको ब्यवस्था गरेको छ । बोर्ड बैठकले कार्यकारी समिति नबनाउँदा सदस्य सचिव समेत भुमिका विहिन देखिन्छन् ।’ ती बोर्ड सदस्यले भने ।

नयाँ ऐनले राखेप सञ्चालनका लागि सदस्य सचिवको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । समितिमा रहने ४ जना अध्यक्षको हैसियतले दुई जना खेलकुद मन्त्री र थप दुई जना बोर्ड बैठकले निर्णय गर्नुपर्छ । राखेप स्रोतका अनुसार परिषद् सञ्चालनमा बन्ने कार्यकारी समितिमा मनोनित गर्ने ब्यक्तिमा सहमती बन्न नसक्दा बोर्ड बैठक बस्नमा ढिलाई भएको हो ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १७ गतेबाट कार्यान्वयनमा आएको हो । तर कार्यान्वयनमा आएको लामो समय बितिसक्दा समेत ऐनले निर्देशित गरेको व्यवस्था लागु गर्न मन्त्रालय र राखेप असफल देखिएका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस र क्यान्भास विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP