ओजिल टर्किस क्लब जाने
सोमबार, माघ ५, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब आर्सनलका मिडफिल्डर मोसिट ओजिल टर्किस क्लब फेनरबाचे जाने भएका छन् ।
टर्किस क्लबसँगको सम्झौताका लागि ओजिल आइतबार टर्की पुगेका छन् ।
मेडिकलपछि ओजिलले क्लबसँग औपचारिक सम्झौता गर्ने बताईएको छ ।
क्लबका मुख्य प्रशिक्षक मिकेल अर्टेटासँगको सम्बन्ध बिग्रिएपछि ओजिल टर्की जान लागेका हुन् ।
जर्मन मिडफिल्डरले गत मार्चपछि आर्सनलका लागि खेलेका छैनन् ।
३२ वर्षीय मिडफिल्डरको क्लबसँगको सम्झौता अझै आधा वर्ष बाँकी रहेको छ ।
ओजिल सन् २०१३ मा रियल मड्रिडबाट आर्सनल आएका थिए ।
उनले आर्सनलबाट ३ एफए कप जितेका छन् ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


