फराकिलो जितसँगै सिटी दोस्रो स्थानमा
सोमबार, माघ ५, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन जोन स्टोन्सले दुई गोल गरे । इल्के गुण्डोगान र रहिम स्ट्रर्लिङको नाममा एक एक गोल रह्यो ।
क्रिस्टलविरुद्ध खेलको २६ औं मिनेटमा स्टोन्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ५६ औं मिनेटमा गुण्डोगानले गोल गर्दा सिटीको अग्रता २-० को बन्यो ।
खेलको ६८ औं मिनेटमा स्टोन्सले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा रहिमले गोल गर्दै सिटीलाई ४-० को जित दिलाए ।
जितसंगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
सिटीले १७ खेलमा ३५ अंक जोडेको छ ।
क्रिस्टल २३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


