एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साबिक विजेता बायर्न म्युनिखले जित निकालेको छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा बायर्नले फ्रेईवर्गलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र थोमस मुलरले एक एक गोल गरे ।
फ्रेईवर्गका निल्स पिटरसेनले एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ६२ औं मिनेटमा पिटरसेनले गोल गर्दै फ्रेईवर्गलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई २-१ को जित दिलाए ।
जितसंगै बायर्नले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।
बायर्नले १६ खेलमा ३६ अंक जोडेको छ ।
फ्रेईवर्ग २३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
