टोटेनहमको सहज जित
आइतबार, माघ ४, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले सेफिल्ड युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
टोटेनहमको जितमा ह्यारी केन, सर्ज अउरियर र टान्गुए एनडोम्बेलेले एक एक गोल गरे ।
सेफिल्डका डेभिड म्याकगोल्डरिकले एक गोल फर्काए ।
सेफिल्डको मैदानमा पाँचौ मिनेटमा सर्जले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।
खेलको ४० औं मिनेटमा केनले गोल गर्दा टोटेनहम २-० ले अघि रह्यो ।
खेलको ५९ औं मिनेटमा सेफिल्डका डेभिडले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ६२ औं मिनेटमा एनडोम्बेलेले गोल गर्दै टोटेनहमलाई ३-१ को जित दिलाए ।
जितसंगै टोटेनहम लिगको चौंथो स्थानमा उक्लिएको छ ।
टोटेनहमले १८ खेलमा ३३ अंक जोडेको छ ।
सेफिल्ड ५ अंक जोडेर पुछारमा रहेको छ ।








-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

