घरेलु मैदानमा उल्भ्स पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्स पराजित भएको छ ।
शनिबार राति भएको खेलमा उल्भ्स वेस्ट ब्रुमसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।
निकै रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता वेस्ट ब्रुमले बनाएको थियो ।
खेलको आठौं मिनेटमा माथ्युएस पेरिएराले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ३८ औं मिनेटमा फाबियो सिल्भाले गोल गर्दै उल्भ्सलाई खेलमा फर्काए ।
खेलको ४३ औं मिनेटमा विलि बोलेले गोल गर्दै उल्भ्सलाई २-१ को अग्रता दिलाए ।
खेलको ५२ औं मिनेटमा वेस्ट ब्रुमका सेमी अजयीले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५६ औं मिनेटमा पेरिएराले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै वेस्ट ब्रुमलाई ३-२ को जित दिलाए ।
जितसँगै वेस्ट ब्रुमले १८ खेलमा ११ अंक जोडेको छ । वेस्ट ब्रुम पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
उल्भ्स २२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।






-1766392949541.jpg&w=3840&q=75)


-1766407401552.jpeg&w=3840&q=75)

-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)