पीएसजीलाई शीर्ष स्थानमा उक्लने मौका
शनिबार, ०३ माघ २०७७खेलपाटी संवाददाता

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आज राति एन्जर्ससँग प्रतिस्पर्धा गर्दैछ ।
पीएसजीले एन्जर्ससँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । पीएसजी र एन्जर्सबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा पीएसजी सहज जितको खोजीमा हुनेछ ।
पीएसजी जित निकाल्दै शीर्ष स्थानमा समेत उक्लन चाहन्छ ।
तर, एन्जर्सविरुद्ध पीएसजीका मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनो टिममा हुने छैनन् । कोरोना संक्रमण भएपछि उनि सेल्फ आइसोलेसनमा रहेका छन् ।
पीएसजी ३९ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । एन्जर्स ३० अंक जोडेर सातौं स्थानमा रहेको छ ।
अर्को खेलमा मार्सेलीले निम्ससँग प्रतिस्पर्धा गर्ने छ ।






-1766392949541.jpg&w=3840&q=75)


-1766407401552.jpeg&w=3840&q=75)

-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)