चेल्सीलाई फुलहमको चुनौती
शनिबार, ०३ माघ २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) चेल्सीले फुलहमसँग प्रतिस्पर्धा गर्दैछ ।
चेल्सीले फुलहमसँग उसैको मैदानमा खेल्नेछ । चेल्सी र फुलहमबीचको खेल राति ११:१५ बजे सुरु हुनेछ ।
फुलहमको मैदानमा चेल्सी सहज जितको खोजीमा हुनेछ । चेल्सी जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
चेल्सी २६ अंक जोडेर नवौं स्थानमा रहेको छ । फुलहम १२ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा लेष्टर सिटिले घरेलु मैदानमा साउथह्याम्पटनसँग खेल्नेछ ।
यस्तै उल्भ्सले वेस्ट ब्रमसँग खेल्दा लिड्स युनाईटेडले ब्राइटनसँग खेल्नेछ ।
अर्को खेलमा वेस्ट ह्यामले बर्नलीसँग खेल्नेछ ।






-1766392949541.jpg&w=3840&q=75)


-1766407401552.jpeg&w=3840&q=75)

-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)