एजेन्सी । स्पेनिस सुपर कपको फाईनलमा बार्सिलोनासंग एथ्लेटिको बिल्बाओ भिड्ने भएको छ ।
बिहिबार राति दोस्रो सेमिफाईनलमा रियल मड्रिडलाई पराजित गर्दै बिल्बाओले बार्सिलोनासंगको भिडन्त पक्का गरेको हो ।
बिल्बाओका लागि राहुल गार्सियाले दुई गोल गरे । रियलका लागि करिम बेन्जिमाले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।
बुधबार क्याटलान क्लब बार्सिलोनाले रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो ।

फाईनल खेल आईतबार हुनेछ ।
सुरुवाती अग्रता बिल्बाओले १८ औं मिनेटमा गार्सियाको गोलमा लिएको थियो ।
३८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै गार्सियाले बिल्बाओको अग्रता दोब्बर बनाउने काम गरे । बेन्जिमाले ७३ औं मिनेटमा एक गोल फर्काए ।
फ्रेन्च फरवार्ड बेन्जिमाको अर्को गोलले अफसाईडको मान्यता पाएपछि रियल खेलमा पराजित बनेको थियो ।