एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर लुका जोभिक जर्मन क्लब फ्रान्कफर्टमा लोनमा अनुबन्धित भएका छन् ।
फ्रान्कफर्टले जोभिकलाई सिजनको अन्तिमसम्मका लागि लोनमा अनुबन्ध गरेको हो ।
२३ वर्षीय जोभिक अनुबन्धको रकम भने खुलाईएको छैन ।
सर्बियन स्ट्राइकर गत वर्ष बेन्फिकाबाट रियल आएका थिए । जतिबेला उनी फ्रान्कफर्टमै लोनमा खेलिरहेका थिए ।
तर, उनले रियलमा उत्कृष्ट प्रदर्शन गर्न सकेका थिएनन् ।
जोभिकले रियलका लागि २१ लिग खेलमा २ गोल गरेका छन् ।
जोभिकले फ्रान्कफर्टमा ९ नम्बरको जर्सी लगाउने छन् ।
