नेपालगन्ज । प्रथम स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगितामा राजापुर क्लबले फराकिलो जित निकालेको छ ।
बाँकेमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा राजापुरले युथ स्टरमाथि ४-० को जित निकाल्यो ।
खजुरा गाउँपालिका–१, सैनिकमा राजापुरले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेको थियो । राजापुरका राजु थारुले गोल गरेका थिए ।
थागु थारुले राजापुरका लागि दुई गोल गरे । उनले खेलको ५ औं र ८ औं मिनेटमा गोल गरेका थिए । निलम थारुले खेलको ५३ औं मिनेटमा राजापुरका लागि चौंथो गोल गरेका थिए ।
प्रतियोगिताको पाचौं दिन शुक्रबार दुई खेल हुनेछन् । प्रतियोगिताको पहिलो खेलमा शान्ति स्पोर्ट्स क्लब र गुर्वाकोट क्लब सुर्खेतले प्रतिस्पर्धा गर्नेछन् ।
दोस्रो खेलमा साहारा एफसी लखनउ र चन्दनाथ क्लब जुम्लाबीच प्रतिस्पर्धा हुनेछ ।
जय किसान स्पोर्ट्सले अयोजना गरेको फुटबल प्रतियोगिता माघ ९ गतेसम्म चल्ने छ ।
प्रतियोगिताको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजक जय किसान स्पोर्ट्स क्लब सैनिकका अध्यक्ष दीपु रानाले बताए ।